सिन्धुली /जिल्लामा तीनवर्षको अवधिमा भएका बलात्कारका घटनामा सबैभन्दा धेरै बालिका पीडित बनेको तथ्यांक सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सोमबार सिन्धुलीमाढीमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको तथ्यांकमा यस्तो देखिएको हो ।

एसपी सिंहका अनुसार बलात्कारका घटनाहरु सबैभन्दा बढी छिमेकी र चिनजानका मान्छेबाट हुने गरेको छ । एसपी सिंहले सार्वजनिक गरेको तथ्यांकमा छिमेकीबाट १८ वटा र चिनजानका व्यक्तिबाट १५ वटा घटना भएको देखिएको छ । यस्तै नचिनेका व्यक्तिबाट २ वटा घटना मात्र भएको पाईएको छ ।
यस्तै बलात्कृत हुनेहरु अधिकांश अविवाहित रहेका छन । विवाहित ११ जना र अविवाहित २७ जना पीडित भएको पनि सोहि तथ्यांकमा देखिएको छ । पीडितहरु निरक्षर तथा सामान्य साक्षर अवस्थाका बढी देखिएका छ । एसपी सिंहका अनुसार बलात्कारका घटना दर्ता हुन आउने संख्या भने घट्दो छ । उनले २०७२÷०७३ मा १५, २०७३÷०७४ मा १२ र चालु आवको ७ महिनामा ११ वटा घटना जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा दर्ता भएको बताए ।



















