सिन्धुली/जिल्लामा चट्याङ लाग्दा दुईजना घाइते भएका छन । कमलामाई नगरपालिका– ५ चिसापानी झोराका २१ वर्षीय रवि श्रेष्ठ र १० वर्षीया प्रज्ञा श्रेष्ठ घरमा बसिरहेका बेला चट्याङ लागेर घाइते भएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताए ।
घाइतेको उपचार जिल्ला अस्पताल सिन्धुलीमा भएको छ । घाइते दुवैजनाको हात र ढाडमा चोट लागेको र उनीहरुको अवस्था सामान्य रहेको जिल्ला अस्पताल सिन्धुलीले जनाएको छ ।
फेसबुक मार्फत प्रतिकिया दिनुहोला



















