• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, July 31, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
साउन १५, २०८३
in Featured, News, Politics, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेकपा एमालेका केन्द्रीय सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख विशाल भट्टराईले पछिल्लो समय तराईका केही जिल्लामा देखिएको धार्मिक तनाव र द्वन्द्वप्रति गम्भीर चिन्ता व्यक्त गर्दै त्यसलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी पहल गर्नुपर्ने बताएका छन् । उनले धार्मिक सद्भाव, सामाजिक एकता र राष्ट्रिय अखण्डतालाई कायम राख्न प्रधानमन्त्री स्वयंले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने धारणा राखेका हुन् ।

नेकपा एमाले सिन्धुलीको जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन बिहिबार सिन्धुली आएका नेता भट्टराईले सञ्चारकर्मीसँग कुराकानी गर्दै पछिल्ला घटनाले समाजमा अनावश्यक विभाजन सिर्जना गर्ने खतरा बढाएको बताए । उनले यस्ता विषयलाई राजनीतिक लाभहानिको दृष्टिकोणबाट नभई राष्ट्रिय हितका आधारमा समाधान गर्नुपर्नेमा जोड दिए ।

उनले प्रधानमन्त्रीको पहलमा संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरूबीच तत्काल छलफल गरी साझा धारणा बनाउनुपर्ने आवश्यकता औंल्याए । सबै दलले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र नागरिक एकताको पक्षमा एउटै सन्देश लिएर जनतामाझ जान सके मात्रै गलत प्रवृत्ति र उत्तेजनात्मक गतिविधिलाई नियन्त्रण गर्न सकिने उनको भनाइ थियो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

‘धार्मिक विविधता नेपालको पहिचान हो । यही विविधताबीचको एकता हाम्रो शक्ति हो,’ उनले भने, ‘यसलाई कमजोर बनाउने कुनै पनि गतिविधिप्रति राज्य संवेदनशील हुनुपर्छ । सरकारले समयमै आवश्यक कदम चालेर सबै समुदायमा विश्वासको वातावरण निर्माण गर्नुपर्छ ।’ भट्टराईले वर्तमान राजनीतिक परिस्थितिबारे पनि आफ्नो धारणा राख्दै मुलुकले अझै स्थिर राजनीतिक वातावरणको अपेक्षा गरिरहेको बताए । राजनीतिक दलहरूबीच सहकार्य र संवादको संस्कृति विकास गर्न सके मात्रै आर्थिक विकास, सुशासन र जनअपेक्षाअनुसारको परिणाम हासिल गर्न सकिने उनको भनाइ थियो ।

फरक प्रसङ्गमा उनले नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान अवस्थाबारे बोल्दै नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच तत्काल पार्टी एकीकरण हुने सम्भावना अत्यन्त न्यून रहेको स्पष्ट पारे। पछिल्लो समय देखिएको कार्यगत सहकार्यलाई पार्टी एकीकरणको आधारका रूपमा बुझ्न नहुने उनले बताए ।

उनका अनुसार अहिले भइरहेको कार्यगत एकता मुलुकमा देखिएको राजनीतिक अस्थिरता अन्त्य गर्ने, लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउने र राष्ट्रिय मुद्दामा साझा धारणा निर्माण गर्ने उद्देश्यले गरिएको हो । यसलाई संगठनात्मक वा वैचारिक एकीकरणसँग जोडेर व्याख्या गर्नु उचित नहुने उनको भनाइ थियो ।

नेता भट्टराईले देशमा आर्थिक सुस्तता, युवा पलायन, रोजगारी अभाव, सुशासनको चुनौती, विकास निर्माणमा ढिलासुस्ती र सामाजिक सद्भावमा देखिएका चुनौतीजस्ता विषय अहिलेका प्रमुख राष्ट्रिय मुद्दा भएको उल्लेख गरे। यी समस्याको समाधानका लागि सरकार, राजनीतिक दल र सरोकारवाला सबै पक्ष जिम्मेवार ढंगले अघि बढ्नुपर्ने उनले बताए ।

उनले राजनीतिक दलहरूबीच अनावश्यक आरोप–प्रत्यारोपभन्दा पनि साझा राष्ट्रिय एजेण्डामा सहकार्य आवश्यक रहेको उल्लेख गर्दै जनताको विश्वास जित्ने गरी काम गर्न सबै दललाई आग्रह गरे। प्रशिक्षण कार्यक्रममा एमालेका जिल्ला नेताहरू, जनसंगठनका पदाधिकारी तथा कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा संगठन सुदृढीकरण, समसामयिक राजनीतिक अवस्था र जनपरिचालनका विषयमा समेत छलफल गरिएको एमाले सिन्धुलीले जनाएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

उच्च शिक्षामा उद्यमशीलता र दिगोपनलाई संस्थागत गर्न जोड

Next Post

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति

सम्बन्धित खबरहरु

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति
Featured

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति

उच्च शिक्षामा उद्यमशीलता र दिगोपनलाई संस्थागत गर्न जोड
Featured

उच्च शिक्षामा उद्यमशीलता र दिगोपनलाई संस्थागत गर्न जोड

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती
Featured

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग
Featured

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी
Featured

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति
Featured

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह
Featured

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन
Featured

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

भर्खरै प्राप्त समाचारहरु

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई

उच्च शिक्षामा उद्यमशीलता र दिगोपनलाई संस्थागत गर्न जोड

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति
Featured

पत्रकारविरुद्ध उजुरीप्रति नेपाल पत्रकार महासंघको आपत्ति

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई
Featured

धार्मिक सद्भाव जोगाउन सरकार सक्रिय हुनुपर्छ : एमाले नेता भट्टराई

उच्च शिक्षामा उद्यमशीलता र दिगोपनलाई संस्थागत गर्न जोड
Featured

उच्च शिक्षामा उद्यमशीलता र दिगोपनलाई संस्थागत गर्न जोड

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती
Featured

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग
Featured

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied