सिन्धुली । मध्येपहाडी लोकमार्गको चण्डी भञ्ज्याङमा विहिबार विहान करिब ११ बजेतिर बोलेरो दुर्घटना हुदा ४ जनाको घटना स्थलमै मृत्यु भएको छ । दुर्घटनामा परि ८ जना घाइते भएका छन । फिक्कलको महादेवडाँडाबाट सिन्धुली सदरमुकाम सिन्धुलीमाढीतर्फ आउँदै गरेको बा १५ च ९४२२ नम्बरको बोलेरो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
मृत्यु हुनेहरुमा ३ जना महिला र १ जना पुरुष रहेको तर तिनिहरुको सनाखत नभईसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सुचना अधिकारी डिएसपी लोकदर्शन थापाले बताए । उनका अनुसार घाइते मध्येका ४ जनाको अवस्था गम्भिर रहेको छ भने ४ जना सामान्य घाइते भएका छन ।
दुर्घटनामा परेकाहरुको नेपाल प्रहरी र स्थानीय बासिन्दाको पहलमा उद्धार गरिएको र घाइतेहरुलाई उपचारका लागि खुर्कोटतर्फ लादै गरिएको थापाले बताए । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । बोलेरो माथिल्लो घुम्तिबाट तल्लो घुम्तिमा २ सय मिटर जति तल झरेको उनले बताए ।
(थप अपडेट बाँकी)




















