सिन्धुली । सिन्धुलीमाढीमा तीन दिने योग शिविर सम्पन्न भएको छ । पतञ्जलि योग समिति सिन्धुली र महिला पतञ्जली योग समिति सिन्धुलीको संयुक्त आयोजनामा गरिएको रोग विशेष निःशुल्क योग शिविर आईतबार सम्पन्न भएको हो ।
शिविरमा पतञ्जली योग समिति बागमती प्रदेश समितिका अध्यक्ष ग्रुबेन तौजले र महामन्त्री सुधा कलौनीले योग प्रशिक्षण दिएका थिए ।
निःशुल्क योग शिविरमा योग साधकहरुको सहभागिता रहेको थियो । शिविरको समापनमा ब्रह्मकुमारी राजयोग सिन्धुलीका प्रमुख संगिता गुप्ताले योग प्रशिक्षक तौजले र कलौनीलाई सम्मान गरेकी छिन् ।






















