• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, October 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Education

कनपाका पाँच सामूदायिक विद्यालयमा यु–लर्निङ लागु हुँदै

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
माघ ३, २०७५
in Education, Featured
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमलामाई नगरपालिका सिन्धुलीका पाँच सामूदायिक विद्यालयहरुमा नवीनतम शैक्षिक प्रविधी (Ubiquitous Base learning, U-Learning) लागु हुने भएको छ ।

नगरपालिका क्षेत्रभित्रका कमला मावि ढुङ्ग्रेबास, मावि पानीट्याङ्की, मावि गडौली, गौमती नमुना मावि र प्रभात मावि रानीबासमा उक्त प्रविधीको माध्यमबाट शिक्षण सिकाई क्रियाकलाप सञ्चालन हुन लागेको हो ।

सन् २०१८ – २०२१ सम्मलाई NS Devil Pvt . Ltd . , Chinju National University South Korea र कमलामाई नगरपालिका सिन्धुलीको साझेदारीमा नगरपालिका क्षेत्रभित्रका पाँच सामूदायिक विद्यालयहरुमा नवीनतम शैक्षिक प्रविधी कार्यक्रम लागु हुने भएको हो ।

नवीनतम शैक्षिक कार्यक्रमको प्रभावकारिता र नगरपालिकाले लिन सक्ने फाइदाको विषयमा प्रभात समाचार दैनिकले प्रश्न राख्दा कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले अहिलेको २१ औँ शताब्दी भनेको विज्ञान र प्रविधीको युग भएकाले अब किताबको भारी बोकेर घोकन्ते शिक्षा लिनुभन्दा शिक्षामा प्रविधीमैत्री आयाम थपिनु आवश्यक रहेको बताए । नगरपालिकाका अन्य विद्यालयहरुमा पनि प्रविधीमैत्री शिक्षा व्यवस्था लागु गर्न आफू उत्सुक रहेको र मानसिक रुपममा समेत तयार भएको जानकारी दिए ।

कमलामाई नगरपालिका स्थानीय पाठ्यक्रम निर्माण गर्ने चरणमा रहेको र प्रत्येक दिन १ घण्टी स्थानीय पाठ्यक्रम पढाई हुने र एक घण्टी U–Learning लाई दिनुपर्ने नगरप्रमुख खत्रीको भनाई छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कमलामाई नगरपालिकामा मात्र नभएर नेपालभरी नै U–Learning प्रविधीको लागु आवश्यक रहेको भन्दै उनले कमलामाई नगरपालिकालाई अव प्राविधिक अनुसन्धान केन्द्रको रुपमा स्थापना गर्न आफूहरु लागि परेको बताए । जसका लागि त्रिभुवन विश्वविद्यालय र काठमाण्डौँ विश्वविद्यालयसँग थप साझेदारी गर्ने तयारी गरेको उनको भनाई छ ।

कमलामाई नगरपालिकामा १ सय को हाराहारीमा सामूदायिक विद्यालय रहेको र कतिपय विद्यालयहरु अझै पनि शैक्षिक गुणस्तर र भौतिक सुविधामा अझै धेरै पछि रहेको दुःखान्त स्मरण गर्दे उनले तिनीहरुको पूर्वाधार विकास र गुणस्तरीयता अभिबृद्धीमा आफू कटिबद्ध भएर लागी परेको बताए ।

भविष्यको आफूहरुको योजनामाथि प्रकाश पार्दै Chinju National University of Education का प्रोफेसर Hong Young Ki ले शिक्षकहरुको पेशागत विकासका लागि समय समयमा तालिम प्रदान गर्ने बताए । आफूहरुले स्थानीय पाठ्यक्रम निर्माणमा समेत थप सहयोग गर्ने बताउँदै उनले आफूहरुले कार्यक्रम सञ्चालन गरेको विद्यालयमा फेरी फेरी पनि भ्रमण गर्ने बताए ।

यस कार्यक्रमको मूख्य उद्देश्य सामूदायिक विद्यालयका शिक्षकहरुलाई प्रविधीमैत्री शैक्षिक विधीसँग उत्तर आधुनिक विधीलाई कसरी समायोजन गरेर वर्तमान सन्दर्भमा कसरी लागु गर्न सकिन्छ भन्ने रहेको उनको भनाई छ ।

U–Learning सुरु भएका सामूदायिक विद्यालयहरुमा कला, संगित, शारिरीक शिक्षा, टज बल, कोरियन परम्परागत खेल, विज्ञान, स्वास्थ्य र सरसफाई कार्यक्रमलाई प्राथमिकता दिइने Chinju National University Of Education की विद्यार्थी  Moonwi Choi ले जानकारी दिइन् ।
उनले भनिन् “सबै विद्यार्थी सिक्नका लागि उत्सुक छन्, उनीहरुले यस क्षेत्रमा सफलता प्राप्त गर्न सक्छन् ।” विद्यार्थीहरुले खेलका माध्यमबाट मनोरञ्जनात्मक तरिकाले सिक्ने भएकाले उनीहरुलाई शिक्षण सिकाई क्रियाकलापमा सक्रियतापूर्वक सहभागी गराउन सकिने उनको भनाई छ । त्यसैगरी यहाँका शिक्षकहरु पनि अत्यन्त सहयोगी र जिज्ञासू भएकाले U–Technology लागु गर्न थप सहयोग पुग्ने उनको भनाई छ ।
नेपाली पाठ्यक्रममा सैद्धान्तिक पक्षलाई मात्र अलि बढी जोड दिइएको पाइकाले प्रयोगात्मक सीप, रचनात्मक कला र बालकेन्द्रीत गतिविधीहरु कमै मात्रामा भएकाले यस्ता कुराहरु समेट्दा थप गुणात्मक शैक्षिक सुधार हुने उनको भनाई छ ।

जहाँसुकै, जुनसुकै बेला बिना इन्टरनेट शिक्षकद्वारा विद्यार्थीलाई सिकाईको केन्द्रमा राखी तयार पारिएको अन्तरक्रियात्मक शिक्षण सिकाई क्रियाकलाप नै नविनतम शैक्षिक प्रविधी U–Learning भएको नवीनतम शैक्षिक प्रविधीका शिक्षक प्रशिक्षक जगत आलेले जानकारी दिए ।
सन् २०१८–२१ सम्ममा कमलामाइ नगरपालिकाका १४ वटै वडाका १–१ वटा सामूदायिक विद्यालयको प्राथमिक तहमा यो प्रविधी लागु हुने समेत उनले जानकारी दिए ।

शिक्षिकाद्वय Hyejin Bak र Sungin Jang को नेतृत्वमा उक्त कोरियन टोली नेपाल आएको पनि उनले जानकारी दिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सुरु भयो फिक्कल महोत्सव, मुख्य आकर्षण कला र कलाघर

Next Post

कबिता “उपहास प्रेम”

सम्बन्धित खबरहरु

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन

विद्यार्थीलाई ट्रयाकसुट वितरण
Featured

विद्यार्थीलाई ट्रयाकसुट वितरण

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied