सिन्धुली/सिन्धुलीमा ५ सय कैदी बन्दी बस्ने क्षमताको कारागार बन्ने भएको छ । जसका लागि काम सुरु भएको कारागार कार्यालय सिन्धुलीका प्रमुख मातृका प्रसाद पहाडिले बताए ।
उनका अनुसार १ सय ५० जना महिला र ३ सय ५० जना पुरुष कैदीबन्दीको क्षमता सहितको कारागार बन्ने छ । हाल कारागार कार्यालय रहेको क्षेत्र कनपा ५ ऐसुलुजंघारमा उक्त सुविधा सम्पन्न भवन निर्माणका लागि २०७५ पुस २८ गतेबाट काम सुरु भएको उनले बताए ।

उक्त भवनमा खेल मैदान, खेलकुद सामग्री, लाईबे्ररी, किचन, पार्किङ, शौचालय, बाथरुम, टिभि, पत्रपत्रिका, सुरक्षाकर्मीका लागि व्यारेक, बालबालिका राख्ने स्थान लगाएतका कारागारमा दिन पाउने सबै सुविधाहरु रहने पहाडीले बताए ।
उक्त भवन तीन बर्षमा निर्माण सम्पन्न हुनेछ । ८ करोड ८८ लाख लागतमा भवन निर्माणको सम्झौता भएको पनि कारागार प्रशासनले जनाएको छ ।



















