• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, October 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

सरकारले पाँच वर्षमा पाँच लाख रोजगारी सृजना गर्छ : अर्थमन्त्री खतिवडा

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
पुस १३, २०७५
in Business, Featured
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले पाँच वर्षमा ५ लाख रोजगारी सृजना गर्ने गरि काम गरिरहेको बताए । सिन्धुलीमाढीमा शुक्रबारदेखि सुरु भएको प्रादेशिक महोत्सव २०७५ को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन । सेवा क्षेत्र, वन, पर्यटन लगाएतका क्षेत्रमा उक्त रोजगारीको अवसर युवाहरुले पाउने दावी खतिवडाको रहेको छ ।

यस्तै उनले नेपाल सरकारले ५० लाख पर्यटन भित्राउन सकेमा २० लाख युवाले रोजगार पाउन सक्ने भन्दै वैदेशिक रोजगारीमा जान नपर्ने अवस्था बनाउन नेपाल सरकार लागि परेको बताए । अर्थमन्त्री खतिवडाले भने, ‘सरकार पर्यटनका पूर्वाधार निर्माणमा लागेको छ, एअरपोर्ट, सडक, रिसोर्ट, होटल लगाएतका पूर्वाधार बनिरहेकाले यसको सम्भावना बढिरहेको छ ।’ यस्तै शिक्षा, स्वास्थ्य क्षेत्रमा पनि रोजगारी सृजना गर्न सकिने उनले बताए ।

कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले नेपालमा २२ प्रतिशत कम्पनी दर्ता हुने प्रक्रिया बढेकाले विदेशी लगानीको सम्भावना समेत बढेको बताए । सरकारले विदेशी लगानी बढाउन एकद्वार प्रणाली लागु गर्न लागेको बताउँदै उनले १ दर्जन कानुन निर्माण भइरहेको जानकारी दिए । सरकारले आर्थिक विकासका लागि गुणस्तरीय र प्रतिपर्धात्मक बजार व्यवस्था गर्नु र आयातलाई घटाई निर्यात बढाउनु सरकारको लक्ष्य रहेको खतिवडाले बताए । उनले सरकारको अवको लक्ष्य ७ दशमलब ३ प्रतिशत आर्थिक वृद्धिदर प¥याउनु रहेको खुलासा गरे । उनले नेपाल यहि वर्ष भित्र एक दर्जन बस्तुमा आत्मनिर्भर बन्ने गरि काम भईरहेको समेत जानकारी दिएका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यस्तै अर्थमन्त्री खतिवडाले तीन वर्षभित्र कोहि पनि नेपालीहरु खर र फुसको छानोमूनी बस्नु नपर्ने गरि सरकारले सुरक्षित आवास कार्यक्रम कार्यान्वयन गरिरहेको बताए । उनले सरकारले ल्याएको सामाजिक सुरक्षा कार्यक्रम, प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन र नेपाल सरकारले रोजगारी दर्ता गर्ने कार्यालय सातै वटा प्रदेश र सबै स्थानीय तहमा तत्काल स्थापना गर्न लागेको समेत बताए ।
अर्थमन्त्री खतिवडाले सकारले संघियता व्यवस्थापनका क्रममा १० महिनाको समय विताएको र ७ सय ६१ वटा ऐन, नियम र कानुनको निर्माण गरेको बताउँदै व्यवसायीक क्षेत्रको विकास र विस्तारमा भरपुर काम भएको दावी गरे । उनले संघियता कार्यान्वयनका सम्बन्धमा आएको करको विवाद र संघ तथा प्रदेश सकारको कामको बाँडफाँडमा आएको समस्या समाधान भईसकेको बताउँदै अब सरकारको ध्यान आर्थिक विकास, समृद्धि र विकास निर्माणमा केन्द्रीत रहने बताए ।
कर कार्यालय स्थापना हुने
महोत्सवको उद्घाटनमा बोल्दै अर्थमन्त्री युवराज खतिवडाले सिन्धुलीमा कर सेवा कार्यालय तुरुन्तै स्थापना हुने आश्वास दिएका छन । उनले सिन्धुलीमा करदाताको संख्या अत्यधिक रहेको र कर तिर्न असुविधा भएको मागलाई मध्येनजर गर्दै तत्काल कर सेवा कार्यालय स्थापना गरिने बताए । उनले भने, ‘कर तिर्नुस, लगानी हामी गर्छौं ।’ उनले सरकारले करको दुरुपयोग हुन नदिने र उत्पादक ढंगले लगानी गर्ने विश्वास दिलाए ।
पूर्वाधार विकासमा सहकार्य हुने
अर्थमन्त्री खतिवडाले सिन्धुलीका पूर्वाधार विकासमा स्थानीय, प्रदेश र संघिय सरकारको सहकार्य हुने बताए । उनले जिल्लाका महत्वपूर्ण आयोजनाहरु चियावारी खुर्कोट सुरुङमार्ग, सुनकोशी मरिण डाइभर्सन, हेटौडा चतरा सडक, विपी राजमार्गको स्तरोन्नति प्रमुख प्राथमिकतामा रहेको बताए ।
कार्यक्रममा बोल्दै खतिवडाले सिन्धुलीको जुनार प्रशोधन गरि निर्याततर्फ ध्यान दिनुपर्नेमा जोड दिए । उनले जुनारको औधोगिकरणमा लगानी गर्ने समेत आश्वासन दिएका छन । उनले यहाँको उत्पादन र उपभोक्तालाई जोड्न महोत्सव फलदायी बनाउन सुझाव समेत दिए ।
यस्तै कार्यक्रममा बोल्दै ३ नं प्रदेशका उद्योग पर्यटन तथा वन मन्त्री अरुण नेपालले सिन्धुलीको विकासका लागि प्रदेश सरकारले लगानी गर्ने बताए । सिन्धुलीलाई जुनारको हवको रुपमा विकास गर्न उद्योगमा लगानी गर्न, जिल्लामा औधोगिक क्षेत्रको विकास गर्न र सिन्धुलीगढीको विकासका लागि प्रदेश सरकारले योजना बनाएको बताए ।
शुक्रबारदेखि सुरु भएको महोत्सवको उद्घाटनमा बोल्दै सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष एवम् उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले आर्थिक क्षेत्रलाई चलाएमान बनाउँदै सामाजिक विकासका काम गर्न नीजि क्षेत्रलाई आग्रह गरेका छन । उनले नेपाल सरकारका तीन वटै तह र नीजि क्षेत्रको नीतिगत तथा कार्यगत सहकार्यमा विकासलाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा संघिय सांसद गणेश कुमार पहाडी, प्रदेश सांसदहरु विनोद खड्का, विजुला बर्मा, राजनीतिक दलका प्रमुखहरु, कमलामाई नगरपालिकाका मेयर खड्ग खत्री, नेपाल पत्रकार महासंघका अध्यक्ष राजन कार्की लगाएतले मन्तव्य व्यक्त गरेका थिए । सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अमरेशचन्द्र वैदारको अध्यक्षतामा भएको कार्यक्रममा सिन्धुली उवासंघका पूर्व अध्यक्ष शिवजी प्रसाद शाहलाई उनको योगदानको कदर गर्दै सम्मान समेत गरिएको थियो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

क्यानेश्वरमा भिडियो एक्सरे सेवा

Next Post

सिन्धुलीमा शुक्रबारदेखि सुरु भएको प्रादेशिक महोत्सव २०७५ को उद्घाटन शत्र तस्वीरमा, फोटो : बिमला पाण्डे

सम्बन्धित खबरहरु

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन

विद्यार्थीलाई ट्रयाकसुट वितरण
Featured

विद्यार्थीलाई ट्रयाकसुट वितरण

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied