सिन्धुली । लैंगिक हिंसा निवारणका लागि पत्रकारहरुको भूमिका विषयक अभिमुखीकरण कार्यक्रम शनिबार सिन्धुलीमाढीमा सम्पन्न भएको छ । क्रियाशिल पत्रकार महिला (डब्लु–डब्लु–जे) सिन्धुलीको आयोजना तथा कमलामाई नगरपालिकाको सहयोगमा भएको कार्यक्रममा कमलामाई नगरपालिकाकी उपप्रमुख मञ्जु देवकोटाले लैंगिक हिंसा विरुद्धको अभियान वर्षभरी नै चलाउनुपर्नेमा जोड दिएकी छिन् । उनले लैंगिक हिंसा न्युनिकरण गर्नका लागि पत्रकारहरुको महत्वपूर्ण भूमिका रहने बताएकी छिन् । उनले महिला मात्र नभई पुरुषहरु पनि विभिन्न रूपमा हिंसाको शिकार हुने भए पनि महिलाहरु हिंसाको चपेटामा बढी पर्ने गरेको बताईन ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेशकी उपाध्यक्ष बिमला पाण्डेले पीडितको गोपनीयताको हक सुरक्षित गर्दै न्याय नमर्ने गरी तथ्यपरक सूचना सम्प्रेषण गर्न सके लैङ्गिक हिंसा न्युनिकरणमा सहयोग पुग्ने बताईन । उनले पीडितलाई न्यायको पहुँचमा पु¥याउन र लैंगिक हिंसाका सवाललाई वहस र नीति निर्माणसम्म पु¥याउन सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताईन । उनले समाजमा लैंगिक सवालमा भएका सकारात्मक प्रयासहरुलाई उजागर गरेर प्रेरणा र सिकाईलाई समेत अगाडि बढाउन पत्रकारहरुले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिईन ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष बाबुराम देवकोटाले लैंगिक हिंसा न्युनिकरणमा पत्रकारहरुले लेखेका विषयमा सरोकारवाला निकायले वेवास्ता गरेका कारण पनि हिंसा न्युनिकरण हुन नसकेको बताए ।
क्रियाशिल पत्रकार महिला सिन्धुलीका अध्यक्ष राधिका बुढाथोकीको अध्यक्षता एवम् कमलामाई नगरपालिका सिन्धुलीका उपप्रमुख मञ्जु देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न अभिमुखीकरणमा गोरखापत्र दैनिकका डेक्स सम्पादक राधा चालिसेले सहजीकरण गरेकी थिईन । कार्यक्रममा लैङ्गिक हिंसा के हो ? लैंगिक हिंसा हुनुका कारण र परिणाम, लैंगिक हिंसा न्युनिकरणका उपायहरु, लैंगिक हिंसा न्युनिकरणमा पत्रकारहरुको भूमिका लगाएतका सवालमा छलफल गरिएको थियो । कार्यक्रममा डब्लुडब्लुजे सिन्धुलीका कोषाध्यक्ष विमला मगरले स्वागत गरेकी थिईन भने कार्यक्रमको सञ्चालन सहसचिव आस्था विश्वकर्माले गरेकी थिईन् ।




















