सिन्धुली । मरिण गाउँपालिकाको बोटेनीमा मंगलबार अटो दुर्घटना हुँदा अटो चालक सहित चारजना घाईते भएका छन । ना २ ह ८४० नम्बरको अटो मदनभण्डारी राजमार्ग अन्तर्गत मरिण गाउँपालिका वडा नं. ५ बोटेनीमा दुर्घटना भएको हो ।
दुर्घटनामा परि घाईतेमध्ये एकजनाको अवस्था गम्भिर रहेको छ । दुर्घटनामा परि मरिण गाउँपालिकामा वडा नम्बर ५ बोटेनी बस्ने २१ वर्षीया अनिता तामाङ गम्भीर घाईते भएकी हुन । उनको नाक र चिउँडोमा चोट लागेको छ ।
दुर्घटनामा परि अटो चालक हरिहरपुरगढी गाउँपालिका वडा नं. २ क्यानखोलाका ४४ वर्षिय विष्णुमाया मोक्तान, हरिहरपुरगढी गाउँपालिका वडा नं. ५ बोटेनीकी २० वर्षीया देवकी माझी, हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ५ हात्ति दमार बस्ने ४६ वर्षीया सुनमाया थिङ घाइते भएका छन् ।
गम्भिर घाईते भएकी अनिताको प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचारपछि थप उपचारका लागि सिन्धुली अस्पताल ल्याईएको छ । अन्य घाईतेहरु प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचार गरि घर फर्केको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्य प्रकाश सुवेदीले जानकारी दिए । अटो अनियन्त्रित भई सडक छेउको नालीमा पल्टिएको सुवेदीले बताए ।




















