सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले भदौ २४ गतेदेखि सिन्धुली जिल्लाभर लगाएको कफ्र्यु हटाएको छ । जिल्ला सुरक्षा समितिको शनिबार बसेको बैठकको निर्णय अनुसार जिल्लाभर लगाईएको कफ्र्यु निशेधाज्ञा हटाईएको हो ।
शनिबार देखि मंगलबारसम्म कारागार कार्यालय क्षेत्रमा भने कफ्र्यु र निशेधाज्ञा रहिरहने प्रशासनले जनाएको छ । सुरक्षा बैठक पछि सूचना जारी गर्दै प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले कारागार क्षेत्रमा २० मिटर वरपर दंगाग्रस्त क्षेत्र घोषणा गरि रातीको ९ बजेदेखि बिहान ५ बजेसम्म कफ्र्यु र दिनभर निशेधाज्ञा जारी गरेका हुन ।
उनले कारागार क्षेत्र आसपासमा आवतजावतमा समूह बनाई हिड्न, भेला जुलुस गर्न, प्रदर्शन, सभा गर्न रोक लगाएको छ । यस्तै कुनै पनि पर्चा, पम्पलेट टाँस्न, बैठक सञ्चालन गर्न वा हुलहुज्जत गर्न रोक लगाएको छ । सूचनामा शान्ति सुव्यवस्था खलल पुग्ने कुनै पनि गतिविधि गर्न प्रशासनले रोक लगाएको छ ।




















