• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

जेनजी आन्दोलनको क्षति : तेह्र कार्यालय र छ जना व्यक्तिको घरमा क्षति

बिमला पाण्डे by बिमला पाण्डे
भदौ २९, २०८२
in Featured, News, Province 3, Society
0

Share via:

18 Shares
  • Facebook 18
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जेनजी आन्दोलनका कारण भदौ २४ गते भएको तोडफोड र आगजनीबाट १३ वटा सरकारी तथा गैह्र सरकारी कार्यालय र ६ जना व्यक्तिको घरमा क्षति पुगेको छ । कमलामाई नगरपालिका र नेकपा एमालेको पार्टी कार्यालय पूर्ण रुपमा क्षति भएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ । मर्मत गरेर समेत सञ्चालन हुन नसक्ने गरि ती भवनहरु पूर्ण रुपमा क्षति भएका हुन । दुई वटै पक्कि भवन हुन । नेकपा एमालेको पार्टी कार्यालयको काठको भवन पनि पूर्ण क्षति छ । सामानहरु, फर्निचर, कागजातहरु, डेकोरेसनका सबै सामग्रीहरु पूर्ण क्षति छन ।

आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालय सिन्धुली, सिन्धुली जिल्ला अदालत, मालपोत कार्यालय सिन्धुली, जिल्ला समन्वय समिति सिन्धुली, करदाता सेवा कार्यालय सिन्धुली नेपाल बार यशोसियसन जिल्ला वार ईकाई सिन्धुली, कमलामाई नगरपालिका वडा नं. ४, ५, ६ का कार्यालयहरुमा क्षति पुगेको प्रशासनले जनाएको छ ।

कार्यालयका अनुसार नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको पार्टी कार्यालयहरुमा आगो लगाईएको छ । नेकपा एमालेको भवन पूर्ण रुपमा क्षति भई कार्यालय सञ्चालन गर्न सकिने अवस्थामा छैन भने अन्य दुई दलका कार्यालय मर्मतपछि कार्यालय सञ्चालन गर्न सकिने अवस्थामा रहेको प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका सबै जसो कागजात तथा तथ्यांकहरु रहेका डाटा सेन्टरहरु जलेका छन । नागरिकता, नागरिकता प्रतिलिपी, राहदानी फाँट, प्रशासन फाँट र मुद्दा फाँटका सबैजसो कागजात नष्ट भएका छन । स्तनपान कक्षमा आगो लगाईएको छ । बैंकको राजस्व संकलन केन्द्र, राष्ट्रिय परिचयपत्र शाखामा पनि क्षति पुगेको छ । प्रशासन भवनमा पनि क्षति पुगेको छ । भवनमा ५० प्रतिशत क्षति छ । मर्मत गरेर कार्यालय सञ्चालन गर्न सकिने अवस्था रहेको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जनाएका छन । प्रशासनका २७ वटा कम्पयुटर, प्रिन्टर, लगाएतका सामग्रीहरु चोरी हुने र जल्ने भएको छ । नौ सेट, कम्प्युटर, प्रिन्टर, परिचयपत्रका लागि आवश्यक सामग्री, क्यामेराहरुको जोहो गर्न सके सेवा नियमित गर्न सकिने अवस्था छ । विहिबारदेखि नै प्रशासनमा सेवाग्राहि आएका भए पनि सेवा दिन कार्यालय असमर्थ रहेको भुसालले जानकारी दिए ।

यस्तै सिन्धुली जिल्ला अदालतका सबै कम्प्युटर, मनिटर लगाएतका विद्युतिय सामग्रीहरु शतप्रतिशत जलेका छन । करीब ८ सय नयाँ र अन्य पुराना मुद्दाका मिसिलहरु लगाएतका महत्वपूर्ण कागजातहरु ९० प्रतिशत जलेका छन । फर्निचर लगाएतका सामग्री जलेका छन । कतिपय फर्निचरहरु मर्मत गर्न सकिने छन । कार्यालय भवनमा पचास प्रतिशत क्षति भएको छ ।

वार यशोसियसनको भवनमा सिसा फर्निचर लगाएतका सामग्री तोडफोड गरिएको छ । कागजात बाहिर निकालेर आगो लगाईएको छ । बारले ५ लाख बढीको क्षति भएको जनाएको छ ।

जिल्ला समन्वय समितिको भवनमा आगजनी र तोडफोडबाट १५ प्रतिशत भवनमा क्षति पुगेको छ । सोहि भवनमा रहेको कमलामाई नगरपालिका वडा नं. ६ को वडा कार्यालयको भवनमा १५ प्रतिशत क्षति, सिसाहरु सबै फुटेको र कम्प्युटर लगाएतका इलेक्ट्रोनिक सामानहरु सबै तोडफोड कागजपत्रहरु केहि जलाईएको, केहि छरपस्ट पारिएको, फर्निचरहरु तोडफोड गरिएको छ ।

समन्वयको भवनमा रहेको नगरपालिकाको वातावरण शाखा, पञ्जिकरण शाखा, सामाजिक विकास शाखा, शिक्षा शाखा, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा, कर शाखाका सबै सामानहरु तोडफोड गर्नुका साथै इलेक्ट्रानिक्स सामानहरु नष्ट गर्नुका साथै चोरी गरेका छन । समग्रमा कमलामाई नगरपालिकाका ९० प्रतिशत विद्युतिय सामग्री तोडफोड र चोरी भएका छन । ६० प्रतिशत भन्दा बढी कागजात नष्ट भएका छन । नगरको पुरानो भवनमा रहेका सबै शाखाहरुमा क्षति पुगेको छ । उपमेयर मञ्जु देवकोटाको कार्यकक्ष पुनः प्रयोग गर्न सकिने अवस्थामा छैन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कमलामाई नगरपालिकाको वडा नं. ५ को कार्यालयका विद्युतीय सामग्री शतप्रतिशत चोरी र आगजनी गरिएको छ । फर्निचर ५० प्रतिशत नष्ट भएका छन । भवनमा १० प्रतिशत क्षति भएको प्रशासनले जनाएको छ । वडा कार्यालयका ८० प्रतिशत कागजात नष्ट भएका छन । कमलामाई नगरपालिका वडा नं. ४ का कागजात र फर्निचरमा आगो लगाएका छन ।

यस्तै करदाता सेवा कार्यालयको भवनमा सामान्य क्षति छ । करदाता सेवा कार्यालयका विद्युतिय सामग्री र कागजात नष्ट भएका छन । विद्युतिय सामग्रीमा ४० प्रतिशत र कागजात १५ प्रतिशत क्षति छ । मालपोत कार्यालयका कागजात र कम्प्युटर लगाएतका विद्युतिय सामग्री क्षति गरेका छन । सबै सामग्री बाहिर ल्याएर जलाएको र भवनमा क्षति नभएको प्रशासनले जनाएको छ ।

पाँचवटा सरकारी सवारी साधन पूर्ण क्षति
जेनजीको आन्दोलनका क्रममा पाँचवटा सवारी साधनमा पूर्ण क्षति भएको छ । २ वटा चारपांग्रे सवारी, २ वटा मोटरसाईकल र एक वटा स्कुटरमा गरिएको आगजनीबाट पूर्ण रुपमा क्षति भएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । मालपोत कार्यालय सिन्धुलीको एक वटा मोटरसाईकल, जिल्ल्ला प्रशासन कार्यालयको एउटा मोटरसाईकल पूर्ण रुपमा जलाईएको छ । कमलामाई नगरपालिकाको १ वटा बोलेरो, १ वटा स्कारपियो जलाएका छन । नगरपालिकाका पार्किङ गरि राखेका सरसफाईका गाडी, दमकल लगाएतका सवारी साधनमा ३० प्रतिशत क्षति पुगेको छ । यस्तै करदाता सेवा कार्यालयको स्कुटर आन्दोलनकारीले जलाएको प्रजिअ भुसालले बताए ।

कसका व्यक्तिगत घरमा के भो ?
जेनजीको आन्दोलनले नेता र जनप्रतिनिधिका व्यक्तिगत घरमा समेत आगजनी र तोडफोड गर्नुका साथै सामान लुटपाट गरेका छन । सबैभन्दा बढी क्षति कमलामाई नगरपालिकाका प्रमुख एवम् नेपाली कांग्रेसका सभापति उपेन्द्रकुमार पोखरेलको पुख्र्यौली घरमा लुटपाट गर्नुका साथै आगजनी गरिएको छ । दुई वटा गोठ जलेका छन । घरका धेरै भाग जलेको छ । उनका पुख्र्यौली गरगहना, सामानहरु र केहि नगद समेत लुटिएको छ । करीब २५ लाख भन्दा बढीको सामान र पैसा लुटपाट गरेको पोखरेलका सहयोगी जित बहादुर श्रेष्ठले बताए । आगलागीमा परि गाई समेत घाईते भएको छ ।

यस्तै नेकपा एमालेका अध्यक्ष महेन्द्रदेव श्रेष्ठको घरमा जेनजीका कार्यकर्ताले अत्यधिक तोडफोड गरेका छन । घरका फर्निचर तथा अन्य सामग्रीहरु फुटाउने काम भएको छ । विघटिन प्रतिनिधिसभा सदस्यद्वय श्याम घिमिरे र लेखनाथ दाहालको घरमा उनीहरुले तोडफोड गरेका छन । घिमिरेको घर तोडफोड हुनुका साथै पर्खाल र गेट भत्काएका छन । यस्तै लेखनाथ दाहालको घरमा पनि उनीहरुले तोडफोड गरेका छन । प्रदेशसभा सदस्य छेत्रबहादुर बम्जनको घरमा तोडफोड गरेका छन । कमलामाई नगरपालिकाका पूर्व मेयर खड्ग खत्रीको घरमा पनि आन्दोलनकारीले ४ वटा झ्यालको सिसा फोडेका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

नेपालको पहिलो महिला प्रधानमन्त्री शुशिला कार्की

Next Post

अबको तीनदिन कारागार आसपासमा मात्र कर्फ्यु

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied