सिन्धुली । सिन्धुली कारागारका कैदीबन्दी भागेपछि र जिल्लाको सुरक्षामा संवेदनशिलता बढेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सुरक्षामा कडाई गरेको छ । कैदीबन्दीहरुको खोजी कार्यमा लागेको प्रशासनले जिल्लाभर अनिश्चितकालका लागि कफ्र्यु आदेश जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले सूचना जारी गर्दै बुधबार (भदौ २५ गते) साँझ ६ः०० बजेदेखि अनिश्चितकालिन कफ्र्यु आदेश जारी गरेका छन । अर्को सूचना नआएसम्म लागू हुने गरि कफ्र्यु लगाईएको सूचनामा उल्लेख छ ।
सिन्धुली जिल्लाको सिमाना क्षेत्र भित्र लागु हुने गरि जिल्लाभर कफ्र्यु लगाईएको प्रशासनले जनाएको छ । आदेश उलंघन गरेमा कानुनबमोजिम कारवाहि हुने समेत सूचनामा उल्लेख छ ।





















