सिन्धुली । बुधबार दिउँसो छोडिएका कैदीबन्दीहरु बेलुकी पख धमाधम पक्राउ परिरहेका छन । नेपाली सेना र नेपाल प्रहरी उनीहरुलाई पक्राउ गर्न लागि परेको छ । कारागारबाट भागेर निस्केका कैदीबन्दीहरु हालसम्म १६० जना पक्राउ परेका छन ।
पक्राउ परेकामध्ये भिमान ९० जना, कमलामाई मन्दिर नजिकबाट २० जना, खुर्कोटबाट ३ जना, ४ जना आफै सम्पर्कमा आएका र अरु सिन्धुलीमाढीका विभिन्न ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सुवेदीले जानकारी दिएका छन । सिन्धुली कारागारबाट ४७३ कैदीबन्दीहरु भागेको प्रहरीले जनाएको छ ।
यसैबीच जिल्ला प्रहरी कार्यालय सिन्धुलीले भागेका कैदीबन्दीलाई देखे भेटेमा प्रहरीको सम्पर्क नम्बरहरुमा सूचना जानकारी दिन अनुरोध गर्दै सूचना समेत प्रकाशन गरेको छ ।





















