सिन्धुली । जिल्लाका पाँच स्थानीय तहले जेनजीको आन्दोलनका क्रममा ज्यान गुमाएका प्रति शोक मनाएका छन । चार स्थानीय तहले शोकमा विदा दिएका छन भने एक स्थानीय तहले विहानैदेखि शोकमा आधा झण्डा झुकाएको छ ।
जेनजीको आन्दोलनको क्रममा सोमबार १९ जनाको मृत्यु भएकोमा सिन्धुलीका मरिण गाउँपालिका, सुनकोशी गाउँपालिका, तीनपाटन गाउँपालिका र कमलामाई नगरपालिकाले सुचना जारि गर्दै शोक विदा दिएको जनाएका छन ।
चार स्थानीय तहमा मंगलबार शैक्षिक संस्था, स्थानीय तह अन्तर्गतका कार्यालयहरु विदा रहेको छ । यस्तै पाँच स्थानीय तहले कार्यालयको झण्डा आधा झुकाइने जनाएका छन । हरिहरपुरगढी गाउँपालिकाले विहान शोक सभासँगै कार्यालयको झण्डा आधा झुकाएको छ ।
जेनजी आन्दोलनमा प्रहरीको गोली लागि सिन्धुलीका एक जना सहित १९ जनाले ज्यान गुमाएका छन । काठमान्डौको आन्दोलनमा गोलन्जोर गाउँपालिका वडा नं. १ का रोशन न्यौपानेको मृत्यु भएको हो ।




















