सिन्धुली । अखिल नेपाल महिला संघ सिन्धुलीले गृह मन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । बुधबार संघका अध्यक्ष कुमारी शान्ता पाख्रिनको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी मार्फत गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको हो ।
निश्चित परिस्थितिमा बहुविवाह गर्न पाउने गरि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले तयार गरेको मस्यौदाले ध्यानाकर्षण भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
मन्त्रालयले प्रस्तावका लागि ल्याउन लागेको कानुनी व्यवस्थाले समानताको नाममा अमुक व्यक्तिहरुको अवाञ्छित इच्छा पुरा गर्ने देखिएको भन्दै अनेमसंघले उक्त मस्यौदा रोक्न माग गरेको छ ।




















