सिन्धुली । साईनिङमुन एकेडेमी सिन्धुलीले विभिन्न कलाहरुको प्रदर्शनी गरेको छ । शुक्रबार आफ्नै विद्यालयमा स्टलहरु राखी प्रदर्शनी गरिएको हो ।
प्रदर्शनीमा कक्षा ५ देखी १० सम्मका बालबालिकाले निर्माण गरेका विभिन्न खालका सामानहरुको राखिएको थियो । स्टलमा घरेलु सामानहरु, सजावटका सामानहरु, विद्यालय, चिडिया खाना, डुंगा, कलात्मक घरहरु, ऐतिहासिक तथा साहित्यीक व्यक्तिहरुका तस्विरहरु, बलात्कारपछि हत्या भई न्याय नपाएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको तस्वीर लगाएतका सामानहरु प्रदर्शनी गरिएको छ ।
बालबालिकाको भित्री कलालाई प्रस्फुटन गर्ने, प्रोत्साहन गर्ने र अतिरिक्त क्रियाकलापमा सक्रिय बनाउने उद्देश्यका साथ प्रदर्शनी गरिएको स्कुलका भाइस प्रिन्सिपल संजिव श्रेष्ठले बताए । उनका अनुसार प्रदर्शनीमा राखिएका सामानहरु विद्यार्थीले तीनदिन लगाएर विद्यालयमै तयार गरेका हुन ।























