सिन्धुली । प्रहरीले २२ वर्ष अघि एकै परिवारका श्रीमान श्रीमतिको हत्या गरि फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ ।
दुधौली नगरपालिका वडा नं.१३ अरुण ठाकुरका रत्नबहादुर कार्की र उनकी श्रीमति दुर्गामाया कार्कीको हत्या गरि फरार रहेका कटारी नगरपालिका १३ का केदारसिंह थापालाई प्रहरीले पक्राउ गरेको हो ।
थापालाई दाङको लमही नगरपालिका वडा नं. ९ जलकुण्डीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सुवेदीले जानकारी दिएका छन ।
थापालाई सोमबार पक्राउ गरि सिन्धुली ल्याईएको र बुधबार सिन्धुली जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान सुरु गरिएको सुवेदीले बताए ।




















