सिन्धुली, १७ मंसिर÷नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश नम्वर तीनको कमिटीमा सिन्धुलीबाट एक महिला सहित १४ जना मनोनित भएका छन । मङ्सिर १२ गते बसेको केन्द्रीय सचिवालयको १७ औं बैठकले सात वटै प्रदेश कमिटीको टुङ्गो लगाउँदा जिल्लाबाट १४ जना सदस्य बनेका हुन । प्रदेश ३ को कमिटीमा सिन्धुली जिल्लाबाट पूर्व नेकपा (एमाले) बाट पाँच जना र पूर्व एनेकपा (माओवादी) बाट नौँ जना प्रदेश कमिटीमा परेका छन् ।
पूर्व एमालेबाट एक सय १६ जना र पूर्व माओवादीबाट एक सय एक जना सदस्य रहेका छन् । प्रदेश नं. ३ को दुईसय १७ सदस्यीय प्रदेश कमिटीमा निरु कुमारी दर्लामी सहित १४ जना परेका हुन ।
जिल्लाबाट प्रदेश कमिटिमा पर्न सफल प्रदीप कटुवाल, भोजराज ढुङ्गेल, गोविन्दलाल माझी, कौशल कोइराला र खड्ग खत्री रहेका छन् यस्तै गणेश बुढाथोकी, तुलबहादुर माझी, शान्तिमान कार्की, ध्रुव देवकोटा, कमल दाहाल, देवीप्रसाद फुँयाल, रामचन्द्र ठाडा र डम्बर कार्की रहेका छन् ।




















