सिन्धुली/ ‘पसिना र पौरख आफ्नै सिन्धुलीमा, सिन्धुलीको पहिचान हाम्रै हातमा’ नारा सहित सिन्धुलीमाढीमा जारी सिन्धुली कप भलिवल प्रतियोगितामा सोमवार भएको खेलमा बर्दबहादुर गण र फिक्कल गाउँपालिकाले जित हात पारेका छन । सोमवार भएको पहिलो खेलमा बर्दबहादुर गण र बिहानी युवा क्लवबीच भएको खेलमा २५–११ र २५–५ को सोझो सेटमा वर्दबहादुर गणले जित हात पारेको हो ।
यसैगरी फिक्कल गाउँपालिका र स्वीस सिन्धुलीबीच भएको खेलमा फिक्कल गाउँपालिकाले जित हात पारेको छ । खेलमा पहिलो सेटमा फिक्कल गाउँपालिका ले २५–२२ जितेको थियो, दोस्रो सेटमा र स्वीस सिन्धुलीले २५–२१ जित्यो भने तेस्रो सेटमा फिक्कल गाउँपालिकाले २५–२३ को नतिजा निकालेर विजयी बनेको हो ।
शनिरबाट सुरु भएको सिन्धुली कप खुल्ला भलिबल प्रतियोगीताको सेमिफाइनल र फाइनल खेल मंगलवार हुने सिन्धुली युवा व्यावसायी क्लवका अध्यक्ष संजिव सुनदासले बताए । मंगलवार हुने सेमिफाइनलको पहिलो खेल सिद्धस्थली क्लव रातमाटा र ब्लु अलपाईन क्लव माडी बजारबीचच हुने छ भने दोश्रो खेल फिक्कल गाउँपालिका र बर्द बहादुर गणबीच हुने अध्यक्ष सुनदासले बताए ।
सेमिफाईनका विजेता टिमबीच मंगलवार दिउँसो १ बजे नै फाईन खेल हुने उनले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १ लाख रुपैया सहित शिल्ड, मेडल र प्रमाण पत्र र द्धितिय हुने टिमलाई ४० हजार रुपैया नगद सहित शिल्ड, मेडल र प्रमाण पत्र सहित पुरस्कारको व्यवस्था गरिएको पनि आयोजकले जनाएको छ ।




















