सिन्धुली । तिनपाटन गाउँपालिका वडा नं. ९ बोहरीफाँटमा एक घरमा आगलागी हुँदा घर, घरमा रहेको पसल र घरका सामान जलेर नष्ट भएका छन । प्रेम बहादुर घिसिङको खरले छाएको घरमा विहिबार दिउँसो आगलागी भएको थियो ।
घिसिङको घरमा रहेको किराना पसलमा भएको ग्याँसको सिलिण्डरबाट आगो सल्किएको प्रहरीले जनाएको छ । आगलागीबाट घरमा भएका अन्नपात, पसलका सामान, लत्ताकपडा, भाँडाकुँडा लगाए जलेर नष्ट भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार आगलागीबाट ४ लाख ७२ हजार बराबरको क्षति भएको छ ।




















