सिन्धुली । शनिवार साँझ चट्याङ लागेर तीन जना घाईते भएका छन । साँझ आएको हावाहुरी, वर्षात सहित चट्याङ पर्दा हरिहरपुरगढी गाउँपालिका १ बसेरीका तीन जना घाईते भएका हुन ।
चट्याङका कारण दुई महिला र एकजना पुरुष घाईते भएका छन । घाइतेमध्ये एक जनाको अवस्था गम्भिर रहेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेका अनुसार चट्याङ लागेर घाईते हुनेमा ५२ बर्षिया सुकुमाया मोक्तान, ६५ बर्षिय महन्त रुम्बा र २६ बर्षिया फुलमाया रुम्बा रहेका छन ।
घाईतेमध्ये सुकुमायाको अवस्था गम्भिर रहेकाले उपचारको लागि मकवानपुरतर्फ पठाइएको छ । अन्यको स्थानीय मेडिकल गुर्जिमा उपचार भइरहेको र अवस्था सामान्य रहेको काफ्लेले जानकारी दिएका छन ।





















