सिन्धुली । जिल्लाबाट रोजगारी तथा विभिन्न कामको शिलशिलामा रसुवामा पुगेका सिन्धुलीका ३८ जना सम्पर्क विहिन भएको सूचना संकलन भएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा आफन्तहरु तथा स्थानीय तहहरुबाट प्राप्त विवरण संकलन गरि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सार्वजनिक गरेको हो ।


विहिबार प्रशासनले उक्त विवरण सार्वजनिक गरेको छ । बाढी पछि सम्पर्क विहिन भएकाहरु सबैभन्दा बढी कमलामाई नगरपालिकाका रहेका छन् । एउटै वडाका १४ सहित १९ जना कमलामाई नगरपालिकाका रहेका छन् ।
यस्तै दुधौली नगरपालिका ४ जना, सुनकोशी गाउँपालिका ५ जना, तिनपाटन गाउँपालिका ४ जना, मरिण गाउँपालिका २ जना, फिक्कल गाउँपालिका १ जना, हरिहरपुरगढी गाउँपालिका १ जना, घ्याङलेख गाउँपालिका १ जना र गोलञ्जोर गाउँपालिकाका १ जना रहेको प्रशासनले सार्वजनिक गरेको सूचिमा उल्लेख छ ।
भोटेकोशी र त्रिशुलीको बाढीका कारण उनीहरु सम्पर्क विहिन भएको प्रशासनले जनाएको छ ।




















