सिन्धुली । फिक्कल गाउँपालिकामा रहेको खाङसाङबेसी सुनकोशी नदीमा डुवेर एकजनाको मृत्यु भएको छ ।
फिक्कल गाउँपालिका वडा नं ४ बस्ने १७ वर्षीय शिखर ढकालको सुनकोशी नदीमा डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी सूर्य प्रकाश सुवेदीले जानकारी दिएका छन् ।
ढकाल नदीको किनारमा रहेको दहमा पौडी खल्न गएका थिए । सोही क्रममा नदीमा डुबी बेपत्ता भएका ढकालको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी गरेर फेला पारेको डिएसपी सुवेदीले जानकारी दिएका छन ।




















