सिन्धुली । हरिहरपुरगढी गाउँपालिकाको झनझनेमा बिहिबार विपद् तथा जलवायु परिवर्तन नीति, योजना तथा बजेटमा लैङ्गिक समानता र सामाजिक समावेशिता मुलप्रवाहिकरण सम्बन्धि छलफल गरिएको छ ।
क्लाइम एडप्टिको आयोजना तथा हरिहरपुरगढी गाउँपालिकाको समन्वयमा भएको कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाले स्थानीय तहले प्राथमिकताका योजनामा ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका छन । वाईवाले जलवायुमैत्री, लैंगिकमैत्री र दिगो विकासलाई बजेटमा प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत तुलसीराम आचार्यले स्थानीय तहको बजेट निर्माणमा फागुनबाटै जुट्नु पर्ने बताए । अन्तिममा आएर बजेट बनाउँदा आवश्यकता भन्दा पनि प्रशासनिक कुरामा बढी केन्द्रित हुने भएकोले फागुन महिनाबाटै बजेट निर्माणमा जुट्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै क्लाइम एडाप्टका डा. विमलराज रेग्मीले स्थानीय तहलाई जलवायु मैत्री बजेट तथा नीतिगत कुरामा प्राविधिक सहयोग, क्षमता विकास र तालिम, जलवायु अनुकुलन कार्यक्रमहरु, वातावरण, मौसम, जलवायु परिवर्तनका असरबारे अनुसन्धान गर्ने लगायतको बिषयमा प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा क्लाइम एडाप्टकी सावित्री राईले बजेटमा लैङ्गिक समानता र सामाजिक समावेशीता मुलप्रवाहीकरण सम्बन्धि प्रस्तुतीकरण गरेकी थिइन् । कार्यक्रम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम आचार्यको अध्यक्षता तथा हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।





















