सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीका अनुसार जिल्लामा मंगलबार राती ९ बजेदेखि सिन्धुलीमाढीमा कफ्र्यु आदेश जारी गरिएको छ ।
रातको समयमा थप क्षति नहोस भनि बुधबार विहान ५ बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरिएको प्रशासनले जनाएको छ ।
पूर्वमा लुंगेलीटार, पश्चिममा मिलनचोक, उत्तरमा हिरापानी र दक्षिणमा गडौली खोलासम्मको क्षेत्रमा लागु हुने गरि सदरमुकाम सिन्धुलीमाढीमा कफ्र्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जारी गरेको सूचनामा कफ्र्युको सिमाना तोकिएको हो ।





















