सिन्धुली । सुनकोशी नदीमा पौडी खेल्ने क्रममा नदीमा डुबेर एक जना बालक वेपत्ता भएका छन । शुक्रबार दिउँसो साथीसँग पौडी खेल्न गएका गोलञ्जोर गाउँपालिका वडा नं. ६ बलेनीघाटका १४ वर्षिय बालक प्रख्यात मग्राती नदीमा डुबेर वेपत्ता भएका हुन ।
शुक्रबार साँझ अवेरसम्म पनि उनी फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्यप्रकाश सुवेदीले बताएका छन । उनका अनुसार नदीको छेउँमा पौडी खेल्ने क्रममा उनी डुुवेका थिए ।
बालक डुवेर वेपत्ता भएको खबर स्थानीयले गरेपछि अस्थायी प्रहरी पोष्ट हैवारवेशीको प्रहरी टोली र इलाका प्रहरी कार्यालय खुर्कोटको टोली घटनास्थल पुगेको थियो । बालकको खोजी तिव्र बनाईएको भए पनि नभेटिएको सुवेदीले बताए ।




















