सिन्धुली । जिल्लाको सुनकोशी तटका बासिन्दालाई सचेत रहन जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आग्रह गरेको छ ।
बुधबार सूचना प्रकाशन गर्दै प्रशासनले असार ७ गतेसम्म छिमेकी मुलुक चिनको तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुने सम्भावना रहेको र भोटेकोशी र सुनकोशीको वहाव बढ्न सक्ने भन्दै प्रशासनले सुनकोशी क्षेत्रका बासिन्दालाई सचेत र सुरक्षित रहन आग्रह गरेको हो ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले सूचना जारी गर्दै सुनकोशी गाउँपालिका, गोलञ्जोर गाउँपालिका र फिक्कल गाउँपालिकाका नदी आसपासका जनतालाई सचेत हुन आग्रह गरेका हुन ।
नदी आसपासका क्षेत्रमा जोखिम हुने भएकाले नदी सतर्कता अपनाउन सूचनामा आग्रह गरिएको छ ।





















