सिन्धुली । दुधौली नगरपालिका वडा नं. १० पूर्वेली टोलमा एक जनाको रुखबाट लडेर मृत्यु भएको छ ।
शनिबार घर नजिकै रहेको पटमेरको रुखमा घाँस काट्न जाँदा रुखबाट लडेर ५६ वर्षिय प्रेम बहादुर मगरको ज्यान गएको हो ।
उनको दुधौली नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई अस्पतालमा उपचारका लागि ल्याएर उपचार गर्न थाल्नासाथ मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
फेसबुक मार्फत प्रतिकिया दिनुहोला




















