सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ९ भिमानबाट आइतवार ४.२ ग्राम लागु औषध खैरो हिरोइन सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय भिमानमा रहेको चेकपोष्टमा विराटनगरबाट काठमान्डौ जाँदै गरेको हायसलाई चेकजाँच गर्ने क्रममा खैरो हिरोइन सहित उदयपुर त्रियुगा नगरपालिकाका २९ बर्षिय हेमकान्त चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
बिराटनगरबाट काठमाण्डौंतर्फ जाँदै गरेको बा५ख५९८८ को हायसमा आएका चौधरीलाई चेकजाँच गर्ने क्रममा सर्टको खल्तीमा लुकाई छिपाई राखिएको लागुऔषध खैरो हिरोइन सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक सुनिल प्रसाद चौरासियाले बताए ।





















