सिन्धुली । सिन्धुलीको सिन्धुलीमाढी र सुनकोशीमा नेकपा (प्रचण्ड माधव) पक्षले मसाल जुलुस निकालेको छ ।
सिन्धुलीमाढीमा भएको जुलुसमा नेकपा केन्द्रीय सदस्य गणेश कुमार पहाडी र बाग्मति प्रदेशसभाका सदस्य एवम् नेकपा जिल्ला अध्यक्ष राजन दाहालले जुलुसको नेतृत्व गरेका थिए ।
सिन्धुलीमाढीमा भएको मसाल जुलुस सिन्धुलीमाढी बजार परिक्रममा गरि कमलामाई नगरपालिका अगाडि आई जुनारचोकमा कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै नेता दाहाल र पहाडीले संवैधानिक नियुक्तिको विरोध गरेका थिए । उनीहरुले बाध्यताले आन्दोलनमा उत्रनु परेको बताउँदै विहिबारको बन्दलाई सफल बनाउन सबै व्यवसायीले सहयोग गर्न समेत आग्रह गरेका थिए ।
जिल्लामा सम्भावित घटनालाई मध्येनजर गरि सुरक्षा व्यवस्था कडा बनाईएको थियो ।






















