सिन्धुली । मंगलबार सिन्धुलीका ११ जनामा कोरोना संक्रमण देखिएको छ । २१ देखि ७५ वर्षका व्यक्तिमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । पछिल्लो समय परिक्षणका लागि पठाईएका ४४ नमुनमा ११ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो ।
स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहका अनुसार संक्रमित सबै कमलामाई नगरपालिकाका हुन । जसमा ७ जना महिला रहेका छन भने ४ जना पुरुष रहेका छन । शंकास्पद विरामी र संक्रमितको सम्पर्कमा रहेका व्यक्तिको नमुना संकलन गरि परिक्षणका लागि पठाईएको थियो ।
महिलामा धेरै संक्रमण देखिएपछि कोरोना समुदायमा फैलिएको स्वास्थ्य क्षेत्रका जानकारहरु जनाएका छन । उनीहरुले समुदायका महिलामा बढी संक्रमण देखिएका सचेत र सुरक्षित हुन आवश्यक रहेको उल्लेख गरेका छन । यो सँगै सिन्धुलीमा कोरोना संक्रमितको संख्या ३ सय ११ पुगेको छ ।





















