सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका ६ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सेफ क्वारेन्टाईनमा बसेका ६ जनामा संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी रञ्जु सिग्देलले बताईन ।
उनका अनुसार १२ जना प्रहरीको स्वाव संकलन गरि परिक्षणका लागि हेटौडा पठाईएकोमा ६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । प्रदेश नं. २ बाट सरुवा भई आएका ४ जना प्रहरी र शंकास्पद ट्याक्सीसँग सम्पर्कमा आएका अन्य २ जना गरि ६ जनामा संक्रमण देखिएको एसपी सिग्देलले बताईन ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय भित्रको आइसोलेसनमै राखिने सिग्देलले बताएकी छिन । उनीहरुमा कुनै पनि लक्षण नदेखिएको र अन्य प्रहरीहरुसँग पनि सम्पर्कमा नरहेकाले उनीहरुलाई प्रहरी कार्यालय भित्रकै आइसोलेसनमा सुरक्षित राखिने बताईन । उनीहरु करिब २ हप्तादेखि क्वारेन्टाईनमा बसिरहेका थिए ।




















