सिन्धुली । सिन्धुली अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटीमा भएको चिकित्सकमाथिको आक्रमणको विरोध गरेका छन ।

उनीहरुले कोरोना भाईरसको संक्रमणको अवस्थालाई समेत मध्यनजर गरि सांकेतिक जुलुस गरे ।
डाक्टर तथा स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार र हिंसा नगर्न तथा पीडित स्वास्थ्यकर्मीलाई न्याय दिन माग समेत गरेका छन । उनीहरुले मेडिकल कलेजले सिसिटिभी फुटेज डिलिज गरि स्वास्थ्यकर्मी माथि न्याय दिलाउन नखोजेकोमा दुःख समेत व्यक्त गरेका छन ।




















