सिन्धुली । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । दुल्लु क्वारेन्टाईनमा मृत्यु भएका ३५ वर्षिय पुरुष र ८ दिन अघि भारतबाट नेपाल आएकी बाजुराकी २ वर्षिय बालिकाको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

यस्तै नेपालमा आइतबार १६६ जना नयाँ संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ । जसमा १ सय १७ जना महिला रहेका छन भने १ हजार ४ सय पचास जना पुरुष रहेका छन ।
नेपालमा क्वारेन्टाईनमा बस्नेको संख्या १ लाख १९ हजार १ सय ९२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।




















