सिन्धुली/सिन्धुली अस्पतालले आफ्ना स्वास्थ्यकर्मीलाई अस्पताल भित्रै सुत्ने, बस्ने व्यवस्था गरेको छ । कोभिड १९ को उपचारमा संलग्न भई आफुहरुलाई पनि रोग सार्ने डर भएको भन्दै स्वास्थ्यकर्मीहरुलाई घरबेटीहरुले बस्ने नदिएको स्वास्थ्यकर्मीको गुनासो आएपछि अस्पतालभित्रै बस्ने व्यवस्था मिलाईएको अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलले बताए ।

उनले सामाजिक सञ्जालमै लामो स्टाटस लेखेर भनेका छन, ‘यो संकट्को घडीमा देखिने केही चरीत्रहरुले भने म पनि झस्किएको छु ।’
उनले थप भनेका छन, ‘केहि अस्पतालका कर्मचारीहरुलाई घरबेटीहरुले दिएको चेतावनीले आज (शुक्रबार) बाट मैले ती कर्मचारीहरुलाई अस्पतालमा नै बस्ने खाने ब्यबस्था मिलाएको छु । उहाँहरु पटकै हतोत्साहित हुनुहुने छैन । आफ्नो कर्तव्यमा अडिग हुनुहुने छ । उहाँहरुको व्यक्तिगत सुरक्षा अस्पताल ब्यबस्थापन समितिले लिने छ । भोलीदेखी मेरो अफिस कोठामा कर्मचारी सुत्ने छन, सभाहलमा पनि सुत्नलाई ब्यबस्थापन गरिने छ, नपुग भएमा पाल टाँगिने छ,सबैलाई ब्यक्तिगत सुरक्षा कवज (पिपिई) उपलब्ध गराइने छ । सेवा रोकिने छैन ।’



















