सिन्धुली । जंगली हात्तिको आक्रमणबाट सिन्धुलीमा एकजनाको मृत्यु भएको छ । कमलामाई नगरपालिका वडा नंं ८ पातिपरानमा हात्तिको आक्रमणबाट ५० वर्षिय सितामाया राना मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएपी लोकदर्शन थापाले बताए ।
विहिबार घर नजिकैको जंगलमा घाँस काट्न गएको बेलामा हात्तिको आक्रमणमा परेको स्थानीय चित्रनारायण श्रेष्ठले बताए । उनका अनुसार विगत केहि दिनदेखि स्थानीयको मकै खाएर बाली नाली क्षति गरेको थियो ।
३, ४ दिनदेखि त्यस क्षेत्रमा ४ वटा हात्ति आएको श्रेष्ठले बताए । घटना स्थलतर्फ प्रहरी जाँदै गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।




















