
घाइते हुनेमा खत्रीकी श्रीमति ४० वर्षिय कृति कुमारी खत्री, श्रीमतिको भदा १९ वर्षिय सुरेश खड्का र खत्रीकी बुहारी २२ वर्षिय सपना खत्री रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
घाइते मध्ये खत्रीकी श्रीमति कृतिको अवस्था गम्भिर रहेको छ भने सुरेशको अवस्था मध्यम र सपनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी एवम डिएसपी लोकदर्शन थापाले बताए । उनका अनुसार पीडक खत्रीको मानसिक सन्तुलन विग्रिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
घाइतेहरुमध्ये सपनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ भने कृति र सुरेशलाई थप उपचारका लागि विराटनगर पठाईएको छ ।
खुकुरी प्रहार गर्ने तिलक बहादुरलाई सोमबार नै इलाका प्रहरी कार्यालय डकाहाबाट गएको प्रहरी टोलीले पक्राउ गरेको थापाले बताए । घटनाको बारेमा थप अनुसन्धान भईरहेको पनि उनले जानकारी दिएका छन ।




















