सिन्धुली । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९७ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा दाह्री ग्याङ सिन्धुुलीले दीप प्रज्ज्वलन गरेको छ ।
शुक्रबार साँझ सिन्धुलीको लोकतान्त्रिक चोकमा दीप प्रज्वलन गरी नेपालको एकीकरणमा पृथ्वीनारायण शाहको योगदानको कदर गर्दै दाह्री ग्याङ सिन्धुलीले राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाएको हो ।
“मेरो साना दुःखले आज्र्याको मूलुक होइन यो चार वर्ण छत्तिस जातको साझा फूलबारी हो” भन्ने प्रथ्वीनारायण शाहको दिव्य बचनलाई मूल नारा बनाएर पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको हो ।
नेपाललाई स्वाभिमानी देख्न नसक्ने तत्वलाई परास्त गरी देश निर्माणको महाअभियानमा सबै एकताबद्ध भएर लाग्न सबैलाई आग्रह गर्दै उक्त दिवस मनाइएको दाह्री ग्याङ सिन्धुलीले जनाएको छ । नेपाल एकीकरण मात्र होइन, घुस लिन्या र दिन्या दुबै देशका शत्रु हुन्, भन्ने कुरालाई त्यतिबेला ब्यवहारमा ल्याउने पृथ्वीनारायण शाह अहिले पनि देशका लागि अविस्मरणीय उत्तिकै महत्वपूर्ण रहेकाले उनलाई देशले कहिल्यै पनि भुल्न नहुने दाह्री ग्याङ सिन्धुलीले जनाएको छ ।

दीप प्रज्वलन कार्यक्रमलाई दाह्री ग्याङ सिन्धुलीका संयोजक प्रदिप्त सिन्धुलीयले सम्बोधन गरेका थिए भने कार्यक्रम संचालन इश्वर दाहालले गरेका थिए । कार्यक्रममा तीन दर्जन बढीको सहभागिता रहेको थियो । पछिल्लो समय विभिन्न सामाजिक कार्यहरुमा सक्रिय दाह्री ग्याङ सिन्धुलीले यो भन्दा अगाडी पनि जिल्लामा विभिन्न प्रकारका सामाजिक कार्यहरु गरि सकेको छ ।





















