सिन्धुली । संघिय संरचनामा स्थानीय तहका अधिकार र दायित्व विषयक अन्तरसंवाद कार्यक्रम तीनपाटन गाउँपालिकाको लाम्पानटारमा शनिवार सम्पन्न भयो ।
रुपान्तरणका लागि नागरिक अभियान नेपाल सिन्धुलीको आयोजनामा भएको कार्यक्रममा वोल्दै ३ नं प्रदेशका सांसद प्रदिप कटुवालले विकासका लागि पार्टीगत सोचलाई त्यागेर विकासमा एकरुपता ल्याउनु पर्ने वताए । स्थान विशेषको योजना आफैले वनाएर अघि वढेमा मात्र विकास संभव हुने वताए । तीन तहका सरकार बीचमा केही अन्योल रहेको उनले वताए । विकासको अभियानमा मन्त्रालयका सचिवहरु वाधक भएको भन्दै आफ्ना नीजि स्वार्थका लागि सचिवहरु प्रदेशमा समेत जान नमान्ने उनले वताए ।
कार्यक्रममा तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्ण वहादु्र मगरले आफुहरुलाई पार्टी कार्यकर्तावाट जनप्रतिनिधीका रुपमा परिवर्तन हुन एक वर्ष लागेको भन्दै यस अघिका वजेटलाई विकासमुखी भन्दा पनि वितरणमुखी वनाएर लगेका कारण कामले गति लिन नसकेको वताए । उनले कतिपय कारणले संविधानले दिएका अधिकारलाई समेत उपयोग गर्न नसकेको वताए । उनले भने प्रदेशको कानुन र संघिय कानुनका कारण समेत काममा समस्या भएको वताए ।
सिफ्ट सिन्धुलीका अभियन्ता तथा सिन्धुली क्याम्पसका नेपाली भाषा विभागा प्रमुख अर्जून प्रसाद पौडेलले संघिय संरचनामा स्थानीय तहका अधिकार र दायित्वका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । संविधानले स्थानीय तहलाई दिएको अधिकार लगायतका विषयवस्तु समेटेर १९ पृष्ठको कार्यपत्र प्रस्तुत गरिएको थियो ।
पौडेलको कार्यपत्र माथि कमलामाई नगरपालिकाका सामाजिक विकास अधिकृत सागरकुमार ढकालले विस्तृत टिप्पणी गरेका थिए । आयोजकका तर्फवाट टोम प्रसाद काफ्लेले औचित्य सहितको संक्षिप्त टिप्पणी गरेका थिए ।
कार्यपत्रका सन्दर्भमा उठेका कानुनी जटिललाका सन्दर्भमा अधिवक्ता प्रविण हायुले प्रष्ट्याएका थिए । कार्यक्रममा कार्यपत्रका सवालमा गाउँपालिका वडा अध्यक्षहरु, रेखराज अधिकारी, गोविन्द राउत, हेमवहादुर श्रेष्ठ, लाल वहादुर स्याङतान लगायतले जिज्ञासा राखेका थिए । त्यसै गरी शिक्षकहरु सुनलाल तामाङ, पुष्पलता वराल, अनन्त श्रेष्ठ, भिम प्रसाद अधिकारी, सुरेश फुयालले जिज्ञासा राखेका थिए ।
यसरी जिज्ञासा राख्नेमा निर्वाचित सदस्यहरु गिता वोगटी, पंफा सासंकर, रमेश कुमार शर्मा आदिले जिज्ञासा राखेका थिए । जिज्ञासा राख्नेहरुको सार संक्षेप डा. हरि प्रसाद पोखरेलले राखेका थिए । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक पदम माया तामाङले न्यायिक समितिलाई न्यायिक क्षेत्र संग सम्बन्धित कर्मचारीको अभाव रहेको वताईन ।
सिफ्ट सिन्धुलीका संयोजक एकलाल श्रेष्ठको अध्यक्षतामा अएको कार्यक्रममा अभियान्ता द्वारिका काफ्लेले कार्यक्रमको औचित्य प्रष्ट पार्दै उपस्थितलाई स्वागत गरेका थिए । कार्यक्रमको संचालन अभियान्ता सुमन कोईरालाले गरेका थिए ।




















