सिन्धुली । खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जना बालकको शनिबार मृत्यु भएको छ । कनपा ११ धमिलेका १५ वर्षिय बालक पुस्करदिप थापाको उपचारका क्रममा मृत्यु भएको हो ।
कनपा ११ को धमिले खोलामा करेन्ट लगाएर माछा मार्न खोज्दा घाईते भएका थापाको उपचारका क्रममा सिन्धुली अस्पतालमा मृत्यु भएको हो ।
थापालाई दिउँसो १ बजे करेन्ट लागेको र करेन्टबाट घाईते भएपछि उपचारका लागि सिन्धुली अस्पतालमा भर्ना गरिएको थियो । थापालाई अस्पतालले करीब ४ बजे मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय भिमानले जानकारी दिएको छ ।




















