• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, June 18, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुलीमा साढे तेत्तिस हजार भूमिहिन सुकुम्बासी

एकसय छ्यालिसले मात्र पाए लालपूर्जा

सुनिता वि.क by सुनिता वि.क
फाल्गुन ३०, २०८०
in Featured, News, Province 3
0

Share via:

19 Shares
  • Facebook 19
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुली जिल्लामा हालसम्म ३३ हजार ५ सय १० जना भूमिहिन सुकुम्बासी, भूमिहिन दलित र अव्यवस्थित बसोबासी पहिचान भएका छन । राष्ट्रिय भूमि आयोगले स्थानीय तहको समन्वयमा उनीहरुको पहिचान गरेको हो ।

आयोगले बुधबार सिन्धुलीमाढीमा पत्रकार सम्मेलन गरि भूमिहिन सकुम्बासी १ हजार ७ सय ९१ जना, भूमिहिन दलित १ हजार ६४ र अव्यवस्थित बसोबासी ३० हजार ६५५ जना पहिचान गरिएको जनाएको छ ।

कमलामाई नगरपालिकामा ८ हजार १७५, दुधौली नगरपालिकामा ११ हजार २३८, मरिण गाउँपालिकामा ४ हजार ३९५, हरिहरपुरगढी गाउँपालिकामा ४ हजार ९ सय ४८, घ्याङलेख गाउँपालिकामा ५ सय ७४, तिनपाटन गाउँपालिकामा ३ हजार २ सय ८४ र सुनकोशी गाउँपालिकामा ९ सय २७ जनाको लगत संकलन गरिएको आयोगले जनाएको छ ।

फिक्कल र गोलञ्जोरमा काम नभएको आयोगले जनाएको छ । गोलञ्जोर गाउँपालिकाले लगत संकलन सुरु गरेको र फिक्कलले लगत संकलनमै चासो नदेखाएको आयोगले बुधबार पत्रकार सम्मेलनमा जानकारी दिएको छ । यस्तै सुनकोशी गाउँपालिकाले लगत संकलन गरे पनि कामलाई अगाडि बढाउनेतर्फ ध्यान नदिएको पनि आयोगले सो अवसरमा जानकारी दिएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

जिल्लामा सबैभन्दा बढी अव्यवस्थित बसोबासीको समस्या रहेको राष्ट्रिय भूमि आयोग सिन्धुलीका अध्यक्ष बाबुराम राईले बताएका छन । उनले जिल्लामा लगत संकलन भई डाटा प्रविष्टको काम पनि तिव्र रुपमा अगाडि बढेको बताए । उनका अनुसार हालसम्म २४ हजार ५७३ को तथ्यांक प्रविष्ट गरि सकिएको छ । लगत संकलन गरिएका ८ हजार ९३७ जनाको तथ्यांक प्रविष्ट गर्न बाँकी रहेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै आयोगका सदस्य सचिव सरोज राईले भूमिहिन दलित ११६, भूमिहिन ३० जना गरि १४६ जनालाई लालपूर्जा वितरण गरिएको बताएका छन । उनका अनुसार हालसम्म जिल्लाका कमलामाई नगरपालिकाका २३ जनालाई, दुधौली नगरपालिकाका १०६ जनालाई र हरिहरपुरगढी गाउँपालिकाका १७ जनालाई लालपूर्जा वितरण गरिएको छ ।

आयोगले साधान स्रोतको अभावमा पनि कामलाई तिव्रता दिएको र काम सक्नका लागि अझै अढाई वर्षको समय लाग्ने उनले बताए । आयोगले अव्यवस्थित बसोबासीलाई समेत लालपूर्जा वितरण गर्ने तयारी गरिरहेको श्रेष्ठले बताए । उनले चैत महिनाभित्र तोकिएको राजस्व जम्मा गरेमा दुधौली नगरपालिकाका ७२ जना र हरिहरपुरगढी गाउँपालिकाका ७० जना गरि १ सय ४२ जनालाई लालपूर्जा वितरण गर्ने तयारी भईरहेको बताए ।

कार्यक्रममा बोल्दै आयोगका सदस्य सुरद बहादुर स्याङतानले अव्यवस्थित बसोबासीका हकमा राज्यले तोकेको राजस्वको मापदण्ड अव्यवहारिक भएको बताए । उनले अव्यवस्थित बसोबासीले कर तिरेर जग्गा लिन सक्ने अवस्था नरहेको बताए ।

कार्यक्रममा बोल्दै आयोगका सदस्य इन्दिरा निरौलाले आयोगले काम गर्नका लागि साधन स्रोत र जनशक्तिको अभाव रहेको बताईन । अभावका बीचमा स्थानीय तहसँगको सहकार्यमा काम अगाडि बढाईएको पनि उनले बताईन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सवारी दुर्घटनामा एक जनाको मृत्यु

Next Post

टेलिकमको टावरमा कुकर बम बिष्फोट

सम्बन्धित खबरहरु

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु
Featured

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Featured

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी
Education

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव
Featured

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने
Featured

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने

खैरो हिरोईन सहित पाँच जना पक्राउ
Featured

खैरो हिरोईन सहित पाँच जना पक्राउ

बेलघारीमा शैक्षिक शिक्षण सामग्री प्रदर्शनी
Featured

बेलघारीमा शैक्षिक शिक्षण सामग्री प्रदर्शनी

जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई बुझाए हस्ताक्षर
Featured

जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई बुझाए हस्ताक्षर

सिन्धुली अस्पतालमा अग्नि सुरक्षा नमुना अभ्यास
Featured

सिन्धुली अस्पतालमा अग्नि सुरक्षा नमुना अभ्यास

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied