सिन्धुली/सहिद सम्झना दाहालको स्मृति दिवसको अवसरमा अनेरास्ववियुले दुईदिने महिला भेला तथा प्रशिक्षण कार्यक्रम गरेको छ । अनेरास्ववियु बागमति प्रदेश कमिटीको आयोजनामा सिन्धुलीमाढीमा बागमति प्रदेश स्तरीय प्रशिक्षण बुधबार सम्पन्न गरेको हो । मंगलबार र बुधबार सम्पन्न प्रशिक्षणमा बागमति प्रदेशका १० जिल्लाका विद्यार्थी महिला नेताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम सहिद सम्झना दाहालको स्मृति दिवसको अवसर पारेर अनेरास्ववियु बागमती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा अनेरास्ववियुका बागमति प्रदेश अध्यक्ष लाल वहादुर बुढाथोकीको अध्यक्षता तथा अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष मर्यादा विष्टको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा अनेरास्ववियुले नयाँ पुस्तालाई अखिल संस्कृतिको सन्दर्भमा प्रशिक्षित गराएको छ भने पठन संस्कृति र विद्यार्थी आन्दोलनलाई थप उर्जा प्रदान गर्ने उद्देश्य कार्यक्रमको आयोजना गरिएको बागमति प्रदेश अध्यक्ष लाल बहादुर वुढाथोकीले बताए ।
उनका अनुसार प्रशिक्षणमा महिलाहरुको हकहित, अधिकार प्राप्तिका लागि आफुले के कस्ता कुरा ख्याल गर्ने, अधिकार प्राप्तिको लागि हामी कुन ठाउँमा गएर आफ्नो कुराहरु राख्न सक्छांै ? अहिलेको महिलाहरुको अवस्था र राजनीतिमा महिलाको सहभागिता लगाएतका विषयमा प्रशिक्षण दिइएको छ ।
कार्यक्रममा पूर्व कानुनी मन्त्री तथा पूर्व उप सभामुख डा. शिवमाया तुम्बाहाम्फे, अनेरास्ववियुका इन्चार्ज किशोर विक्रम मल्ल लगाएतले प्रशिक्षण दिएका थिए । कार्यक्रममा अनेरास्ववियु वागमती प्रदेश भित्रका दुई सय विद्यार्थीहरुको सहभागिता रहेको थियो ।





















