• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, June 18, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home News

प्रकाशक पाण्डे सहित तीन जनालाई सम्झना स्मृति सम्मान

तीन छात्रालाई उत्कृष्ट एसईई पुरस्कार, दुई विद्यार्थीलाई छात्रवृति

सुनिता वि.क by सुनिता वि.क
फाल्गुन २३, २०८०
in News, Featured, Province 3, Society
0

Share via:

8 Shares
  • Facebook 8
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । साझा नेपाल साप्ताहिकका प्रकाशक/सम्पादक एवम् इसाझा नेपाल डटकमका प्रकाशक बिमला पाण्डेलाई मंगलबार सहिद सम्झना दाहाल स्मृति सम्मान प्रदान गरिएको छ । पत्रकारीता क्षेत्रबाट समाज विकासमा उल्लेख्य भूमिका खेलको भन्दै पाण्डेलाई सम्मान गरिएको हो ।

पाण्डेलाई नगद ८ हजार पाँच रुपैंया, प्रमाणपत्र सहित सम्मान गरिएको छ । सहिद सम्झना दाहाल स्मृति प्रतिष्ठानले स्थापना गरेको उक्त पुरस्कार पहिलो पटक विभिन्न विधाका तीन जनालाई प्रदान गरिएको थियो । सहिद सम्झना दाहालको ३१ औं स्मृति दिवसका अवसरमा उनीहरुलाई सम्मान गरिएको हो ।

यस्तै प्रतिष्ठानले साहित्य क्षेत्रमा योगदान दिएको भन्दै साहित्यकार दुर्गादेवी ढकाल, शिक्षा क्षेत्रमा लामो समय योगदान पु¥याएका कमला जनज्योति मावि सिलामेका शिक्षक कृष्णहरि घिमिरेलाई पनि सो अवसरमा सम्मान गरिएको छ ।

यो वर्षबाट प्रतिष्ठानले तीन वटा पुरस्कार दिन सुरु गरेको हो । तीनै जनालाई जनही आठ हजार पाँच रुपैंया नगद र सम्मान पत्र सहित सम्मान गरिएको हो । उनीहरुलाई नेपाल सरकार पूर्व कानुन मन्त्री तथा पूर्व उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले सम्मान गरेकी हुन ।
यस्तै प्रतिष्ठानले एसईई २०७९ मा उत्कृष्ट अंक प्राप्त गर्ने तीन जना छात्राहरुलाई पुरस्कृत गरेको छ । यसरी पुरस्कृत हुनेहरुमा गौमती मावि माढीबजारकी सुधा कार्की, जनज्योती मावि खुर्कोटकी आर्सिया न्यौपाने र मावि लदाहाभिरकी क्रान्ती दर्नाल रहेका छन् । तीनै जना छात्राहरुले २०७९ को एसईईमा बराबरी जिपिए ल्याएका थिए । उनीहरुले ३ दशमलव ८५ जिपिए अंक प्राप्त गरेका थिए ।

यस्तै प्रतिष्ठानले यस बर्षबाट गरीब जेहेन्दार जनजाती र दलितबाट एक÷एक जना विद्यार्थीलाई छात्रवृति समेत उपलब्ध गराउन सुरु गरेको छ । यो वर्षको छात्रवृति जनजाती तर्फ कमला मावि ढुंग्रेवासका छात्र माधव कुमार श्रेष्ठ र दलिततर्फ शिद्धवावा मावि पानीट्याङकीकी छात्रा अनिषा रोक्कालाई प्रदान गरिएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

विद्यार्थीतर्फको पुरस्कार र छात्रवृतिको राशी दुई हजार रहेको छ । उनीहरुलाई प्रमाणपत्र समेत उपलब्ध गराईएको छ ।
सहिद सम्झना दाहालका पिता शेषराज दाहालले सम्झना दाहाल स्मृति प्रतिष्ठानका नाममा गत वर्ष स्थापना गरेको पाँच लाखको अक्षयकोषबाट सम्मान, पुरस्कार तथा छात्रवृति प्रदान गर्ने कार्यक्रम सुरु गरिएको हो । अक्षय कोषको राशी क्रमिक रुपमा २० लाख पु¥याउने लक्ष्य रहेको प्रतिष्ठानका अध्यक्ष समेत रहेका दाहालले बताए ।

यस अघि एसईईमा उत्कृष्ट छात्राहरुलाई प्रदान गर्ने पुरस्कार सहिद परिवारले अनेरास्ववियुले आयोजना गर्ने स्मृति दिवसको कार्यक्रममा प्रदान गर्दै आएको थियो ।

सम्झना दाहाल स्मृति प्रतिष्ठानका अध्यक्ष शेषराज दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपस्थित अतिथि तथा सहभागिहरुलाई अनेरास्ववियु सिन्धुलीका अध्यक्ष प्रशान्त लुङगेलीले स्वागत गरेका थिए ।

प्रतिष्ठान तथा अनेरास्ववियुले संयुक्त रुपमा आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा स्रष्टा तथा विद्यार्थीहरुलाई सम्मान गर्दै नेपाल सरकारका पूर्व कानुन मन्त्री तथा प्रतिनिधिसभाकी पूर्व उपसभामुख डा. शिवमाया तुम्वाहाम्फेले सम्झना दाहाललाई सहिद घोषणा गर्न पहल गर्ने बताएकी छिन । टनकपुर सन्धिको विरोधमा भएको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएकी दाहाललाई सरकारले सहिद घोषणा नगरेको परिवारले गुनासो गरेपछि उनले यस्तो बताएकी हुन ।

सहिद सम्झना दाहालका पिता शेषराज दाहालले टनकपुर सन्धिको विरोधमा तत्कालिन सात वामपन्थी दलले गरेको जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने कार्यक्रममा प्रहरीले चलाएको गोली लागि छोरीको मृत्यु भएको भए पनि हालसम्म सरकारले सहिद घोषणा नगरेको गुनासो गरेका थिए ।

दाहाललाई सहिद घोषणा गर्न पटक पटक माग सहित फाईल सरकारलाई बुझाउँदा समेत वेवास्ता गरेको भन्दै सहिद पिता शेषराज दाहालले गुनासो गरेका थिए ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा अनेरास्ववियुका इन्चार्ज किशोर बिक्रम मल्लले सम्झनाको योगदानको उच्च मुल्याङ्कन हुने बताए । उनले आफुले अनेरास्ववियु मार्फत सहिद घोषणाको जिम्मा लिएर अघि बढ्ने प्रतिबद्धता जनाए ।

राज्यको गोली लागेर २०४९ साल फागुन २२ गते सिन्धुलीमाढीमा उनको निधन भएको थियो । स्मृति दिवसको अवसरमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा साहित्य, शिक्षा र पत्रकारीता क्षेत्रमा योगदान पु¥याएका तीन जनालाई सम्झना दाहाल स्मृति प्रतिष्ठानले सम्मान गरेको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

उवासंघका सबै सदस्यहरुको दुर्घटना बिमा, भलाई कोषको स्थापना

Next Post

सम्झना दाहाल स्मृति दिवस : अनेरास्ववियुले ग¥यो दुई दिने महिला भेला तथा प्रशिक्षण

सम्बन्धित खबरहरु

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित
Featured

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु
Featured

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Featured

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी
Education

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव
Featured

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने
Featured

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने

खैरो हिरोईन सहित पाँच जना पक्राउ
Featured

खैरो हिरोईन सहित पाँच जना पक्राउ

बेलघारीमा शैक्षिक शिक्षण सामग्री प्रदर्शनी
Featured

बेलघारीमा शैक्षिक शिक्षण सामग्री प्रदर्शनी

जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई बुझाए हस्ताक्षर
Featured

जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई बुझाए हस्ताक्षर

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied