सिन्धुली । अझै कति सहने ? भन्दै जिल्लाका युवा युवतिहरुले बलात्कार तथा यौन हिंसा विरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेका छन । शनिबार दिउँसो उनीहरुले कमलामाई नगरपालिका अगाडि मौन प्रदर्शन गरे भने भौतिक दुरी कायम गरि ¥याली समेत गरे ।
कालो डे«स र कालो नै प्लेकार्ड, व्यानर सहित उनीहरुले बलात्कार र बलात्कारी सोंचका विरुद्ध आवाज उठाउने र सुन्दर समाज निर्माणका लागि सहकार्यका लागि प्रदर्शन गरिएको जनाएका छन ।
अभियानका जिल्ला संयोजक सुजिता खड्काका अनुसार यो अभियानले अभियानले मृत्युदण्डलाई कुनै पनि हालतमा साथ दिँदैन ।
उनीहरुले दिउँसो १० मिनेट नगरपालिका अगाडि शान्त भएर उभिए ।
त्यसपछि दुरी कायम गरि, मास्क लगाई शान्त भएर बजार परिक्रमा गरे । त्यसपछि पुनः नगरपालिका अगाडि आई केहि समय शान्त भएर उभिए र कार्यक्रम समापन गरे ।























