सिन्धुली । सिन्धुलीमा ओरेक नेपालले गरेको कार्यक्रम सकिएको छ । जसको समिक्षा तथा ओरेकको कार्यक्रम सकिएको जानकारी पत्रकारहरुसँग छलफल गरि गराईएको छ ।
ओरेक सिन्धुलीका कार्यक्रम संयोजक सपना थापाले चार वर्षको अवधिमा सफ्टवेयरमा मात्र काम गरेको ओरेकले एक करोड ११ लाख ६५ हजार ९ सय रुपैंया बजेट खर्च गरेको र महिला, बालबालिकाका क्षेत्रमा उक्त बजेट खर्च गरिएको बतईन ।
उनले यो अवधिमा महिला हिंसा विरुद्धको अभियान, बालविवाह विरुद्धको अभियान र हिंसा पीडितका लागि पैरवी, सचेतना मूलक तालिम, गोष्ठी, अभिमुखीकरण तथा क्षमता अभिवृद्धिमा धेरै बजेट खर्च भएको बताईन ।
जिल्लामा बालक्लव, युवा क्लब, किशोरी समूह, युवा सञ्जाल, नागरिक समाज सञ्जाल, अन्तर धार्मिक सञ्जाल, महिला मानवअधिकार सञ्जाल, प्रहरी, ओसिएमसी, स्थानीय तहहरु लगाएतसँग काम गरिएको उनले बताएकी छिन ।
चारवर्षको अवधिमा ओरेकले सहजीकरण गरि कमलामाई नगरपालिकामा लैंगिक रणनीतिक कार्ययोजना बनाई कार्यान्वयनमा आएको, सुनकोशी र दुधौलीमा ड्राफ्टमा रहेको र फिक्कलमा बनाउँदै गरेको बताईन ।
यस्तै बालविवाह विरुद्धको अभियानमा किशोरी तथा बालक्लबहरुले काम गरिरहेको उनले बताईन । ओरेकले यो अवधिमा केश सहजीकरण, न्यायीक प्रक्रियामा समन्वय लगाएतका काम समेत गरेको उनले बताएकी छिन ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका उपाध्यक्ष बिमला पाण्डेले ओरेकले महिला अधिकार तथा मानवअधिकारका क्षेत्रमा उल्लेख्य काम गरेको बताईन । उनले सफ्टवेयरको काममा तुरुन्त उपलब्धि देखाउन नसके पनि व्यवहार परिवर्तनमा योगदान देखिएको बताईन ।
ओरेकले सन् २०१७ देखि सिन्धुलीमा युएनएपीएको सहयोगमा लैंगिक हिंसा रोकथाम तथा पैरवी कार्यक्रम चलाएको थियो भने प्लान नेपालको सहयोगमा बालिका पैरवी कार्यक्रम चलाएको थियो । ती दुवै कार्यक्रम सकिए पछि ओरेक सिन्धुलीबाट बाहिरिएको हो ।






















