सिन्धुली । सिन्धुलीमा संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा विभिन्न ठाउँमा दीप प्रज्वलन गरिएको छ । जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा नेकपाका भातृ संगठन युवा संघ र अनेरास्ववियुले संयुक्त रुपमा दीप प्रज्वलन गरेका छ ।

यस्तै जिल्लाका नौ वटै स्थानीय तहका केन्द्रहरुमा पनि स्थानीय सरकार तथा स्थानीय बासीले दीप प्रज्वलन गरि संविधान दिवस मनाइएको छ ।
यस्तै जिल्लाका सरकारी कार्यालय, स्थानीय तह लगाएतका कार्यालयहरुमा पनि दीप प्रज्वलन गरिएको छ भने कार्यालयहरुमा नेपाली झण्डा समेत फहराईएको छ ।
यस्तै कमलामाई नगरपालिकाको भिमानमा पनि स्थानीय नागरिकले दीप प्रज्वलन गरी संविधान दिवसमा मनाएका छन ।






















