सिन्धुली । सुनकोशी गाउँपालिकामा अब १५ दिनलाई मात्र पुग्ने खाद्यान्न स्टक रहेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहालका अनुसार उक्त गाउँपालिकाले गरेको सर्भे अनुसार गाउँपालिकामा रहेको चामल, चिउरा, तेल, नुन लगाएतका अत्यावश्यक सामानको स्टक १५, २० दिनका लागि मात्र पुग्न सक्ने अवस्था रहेको छ ।
गाउँपालिका भित्र ४० हजार ७ सय किलो चामल, ४ हजार ६ सय किलो चिउरा, २ सय ५५ किलो नुन र ६ सय कार्टुन खाने तेल स्टक रहेको दाहालले बताईन ।
उनले केहि चाउ चाउ पनि स्टक रहेको तर विपी राजमार्गमा हिड्न पैदल यात्रुलाई खुवाउन पनि नपुग्ने देखिएको छ ।
उनले जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा त्यसपछिको खाद्यान्न व्यवस्थापनमा गाउँपालिकाले समस्या झेल्न सक्ने हुनाले जिल्लाबाटै त्यसको व्यवस्थापनमा सहयोग गर्न आग्रह समेत गरेकी छिन ।




















