सिन्धुली । सिन्धुली अस्पतालमा रहेको तीन वेडको आइसोलेसनलाई १४ वेडको आइसोलेसन बनाईएको छ । कमलामाई नगरपालिकासँगको समन्वयमा उक्त वेड थपिएको हो ।
कोरोना भाईरस विरुद्ध भएका काम कारवाही र तयारीका विषयमा आइतबार अस्पतालले प्रेस विज्ञप्ती जारी गर्दै यस्तो जनाएको छ ।
अस्पतालको सिफारिसमा हालसम्म ३६ जनालाई होम क्वारेन्टाईनमा राखिएको छ भने ४ जनालाई कोरोना परिक्षणका लागि पठाईएकोमा ४ जनाको रिपोर्टमा कोरोना संक्रमण नभेटिएको विज्ञप्तीमा जनाईएको छ ।
सिन्धुली अस्पतालका डा. प्रसन्न राजभण्डारीद्वारा जारी विज्ञप्तीमा कोरोना आशंका गरिएका एक जना विरामीलाई धुलिखेल अस्पतालमा रिफर गरिएको जनाइएको छ ।
आइसोलेसनमा भर्ना गरिएका विरामी मध्ये २ जना उपचारपछि घरमा गएका छन भने १ जनालाई जेनरल वार्डमा उपचार गरिरहेको छ ।




















