सिन्धुली । बैदेशिक रोजगारीबाट आएका ९ जनालाई होम क्वारेन्टाईनमा राखिएको छ । आइतबार स्थानीयहरुको पहलमा सिन्धुली अस्पतालमा आएका उनीहरुलाई कुनै पनि विरामी नभएकाले होम क्वारेन्टाईनमा राख्न सिफारिस गरिएको हो ।
कमलामाई नगरपालिका वडा नं. १२ का ३ जना रामेछाप जिल्लाबाट आएका १ जना, कमलामाई नगरपालिका– ५ का २ जना, कमलामाई नगरपालिका– २ भद्रकाली १ जना र कमलामाई नगरपालिका– ७ का सिम्लेका २ जना गरि ९ जनालाई होम क्वारेन्टाईनमा राखिएको हो ।
सिन्धुली अस्पतालका डा. प्रसन्न राजभण्डारीका अनुसार उनीहरु विरामी नभएकाले घरमै बस्न सिफारिस गरिएको हो । ९ जनामध्ये ७ जना भारतमा रोजगारीका लागि गएर फर्केका, १ जना दुवै र १ जना मलेशियाबाट आएका हुन ।
यसैबीच सिन्धुली अस्पतालको आइसोलेसनमा भर्ना गरिएका ४ जनालाई उपचार पछि घर फकाईएको छ । कोरोना भाइरसको संक्रमण हुन सक्ने आशंकामा भर्ना गरिएका सबै विरामीको रिपार्ट नेगेटिभ आएको र उपचारपछि निको भएको डा. राजभण्डारीले बताए ।




















